रजनी र सफलको ‘दि प्रेमपूजा २’ निर्माण घोषणा

रजनी र सफलको ‘दि प्रेमपूजा २’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक विमल पौडेलले ‘दि प्रेमपूजा २’ निर्माण घोषणा गरेका छन् । तीन दशक अघि यही सिनेमाबाट अभिनयमा डेव्यु गरेका पौडेल स्वयंमले यो सिनेमाको निर्देशक हुन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी पौडेलले नेपाल र बेल्जियममा छायांकन हुने जानकारीसहित कलाकार तथा प्राविधिक टिम घोषणा गरिएको छ ।

‘बी कम्पनी’को निर्माण तथा ‘क्याराभान नेपाल’को प्रस्तुति रहेको सिनेमामा सफल पौडेल, एलिजा श्रेष्ठ र रजनी केसीको मुख्य भूमिका रहनेछ । अन्य कलाकारहरूमा सुवास गजुरेल, बबी रोजा ढकाल, सविता कार्की, मनिषा केसी, दिनेश कुँवर, लक्ष्मण नेपाल रहेका छन् ।

सिनेमामा दयाराम दाहालको गीत रचना र हरि भुसालको संगीत रहेको छ भने छायांकनमा महेन्द्र थापा र सहनिर्देशकको रुपमा विनय गौतम रहेका छन् । ‘तीन दशकपछि आफ्नो पुरानो टोली र नयाँ कलाकारसहित दि प्रेमपूजा २ घोषणा गरेको छु,’ लेखन तथा निर्देशक दुवैको भूमिकामा रहेका पौडेलले भने, ‘कोभिड महामारीले गर्दा संकटमा परेको सिनेमा क्षेत्रमा नयाँ उर्जा दिने उद्देश्यले सिनेमा निर्माण गर्न लागेको हुँ ।’

नेपाली सिनेमामा तीन दशकदेखि सक्रिय विमल पौडेलको निर्देशनमा यसअघि किसान, जनयुद्ध, नागरिक, पोखराकी कालीलगायत सिनेमा बनिसकेका छन् ।