अस्कर अवार्डमा १० विधाको मनोनयन घोषणा

अस्कर अवार्डमा १० विधाको मनोनयन घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विश्वको उत्कृष्ट अस्कर अवार्डले १० विधाको मनोनयन घोषणा गरेको छ ।

आज बिहान डकुमेन्ट्री फिचर, डकुमेन्ट्री सर्ट सब्जेक्ट, अन्तर्राष्ट्रिय फिचर सिनेमा, मेकअप एन्ड हेयरस्टाइलिङ, म्युजिक (ओरजिनल स्कोर), म्युजिक ओरजिनल सङ, एनिमेटेड सर्ट सिनेमा, लाइभ एक्सन सर्ट सिनेमा, साउन्ड एन्ड भिजुअल इफेक्ट विधाको मनोनयन सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय फिचर विधातर्फ १५ सिनेमा मनोनित भएका छन् । अस्करमा ९२ वटा मुलुकका सिनेमा मध्येबाट यी सिनेमा छानिएका हुन् । दक्षिण एसियाली मुलुक भुटानको सिनेमा ‘लुनाना ः अ याक इन द क्लासमरुम’ मनोनित भएको छ ।

यसवर्ष नेपालले अस्करमा कुनैपनि सिनेमा पठाएको थिएन । १५ वटा सिनेमा डकुमेन्ट्री फिचर, डकुमेन्ट्री सब्जेक्टमा १५ सिनेमा, मेकअप एन्ड हेयर स्टाइलिङमा १० सिनेमा, ओरजिनल स्कोर म्युजिकतर्फ १५ सिनेमा, म्युजिक ओरजिनल सङतर्फ १० गीत छानिएका छन् ।

ध्वनी विधातर्फ ड्युन, द म्याट्रिक्स, नो टाइम टु डाइसहितका १० सिनेमा मनोनित भएका छन् । भिजुअल इफेक्टतर्फ ब्ल्याक विडो, ड्युन, इटर्नल्स, म्याट्रिक्स, स्पाइडरम्यान नो वेम होम लगायत मनोनित भएका छन् ।

जनवरी २७ देखि मनोनित सिनेमामाथि मतदान हुनेछ र समापन चाहिँ फेब्रुअरी १, २०२२ मा हुने भएको छ । अस्कर अवार्डको मनोनयन घोषणा चाहिँ फेब्रुअरी ८, २०२२ मा हुने भएको छ । ९४ औं अस्कर अवार्ड वितरण मार्च २७, २०२२ मा हलिउडको डल्बी थिएटरमा आयोजना हुनेछ ।