सन्नी बीको हलिउड सिनेमा ‘फाइट अफ फ्युरी’को गीत रिलिज

सन्नी बीको हलिउड सिनेमा ‘फाइट अफ फ्युरी’को गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली कलकार तथा खेलाडी सन्नी बी केसीले निर्माण गरेको हलिउड सिनेमा ‘फाइट अफ फ्युरी’को गीत रिलिज गरिएको छ । बुधबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच सिनेमाको गीत रिलिज गरिएको हो ।

सिनेमामा सन्नी स्वयंमको अभिनय तथा निर्देशन रहेको छ । ‘फाइट अफ फ्युरी’मा हलिउडका चर्चित कलाकारको अभिनय रहेको छ । गीत रिलिज कार्यक्रममा पुर्व डीआईजी रमेश खरेल,नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

अभिनेता ब्रुसलीले अभिनय गरेको फिल्म ‘इन्टर द ड्रागन’ मा काम गरेका बब वालको समेत अभिनय रहेको सिनेमामा हलिउड कलाकारहरु लियो फोङ्ग, जोस्फ माइकल र एम एम ए फाइटर मुख्य भूमिकामा छन् । अंग्रेजी भाषामा निर्माण भएको सिनेमालाई नेपालीमा डब गरेर नेपालमा प्रदर्शन गरिने सन्नी बीले जानकारी दिए । फिल्मको नेपाल प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

शरिन बिको छायाँकन रहेको फिल्मको सम्पादक बनिश शाह हुन् । एक्सन जनराको मुभि ‘फाइट एण्ड फ्युरी २’ मा मानव तस्करीको कथालाई उठाउन गरिएको छ । बलिउडका चर्चित कलाकार गोबिन्दा, मिथुनका सिनेमामा काम गरिसकेका सन्नी बिले केहि बर्ष अघि नेपाली सिनेमा ‘गोर्खा रक्षक’मा काम गरेका थिए ।

‘फाइट एण्ड फ्युरी २’लाई हलिउडका सिनेमा घर तथा ओटीटी प्लेटफर्म नेट फ्लिक्स, एमाजोन प्राइममा पनि प्रदर्शन गरिने छ ।