‘कठपुतली’को ओएसटी सार्वजनिक

‘कठपुतली’को ओएसटी सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी पुष १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘कठपुतली’को ओएसटी सार्वजनिक गरिएको छ । ‘यो ज्यान कठपुतली’ बोलको गीत लोक लयको छ । गायिका मेलिना राईको एकल स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत छ । गीतको भिडियोमा सिनेमाका केही डरलाग्दा दृश्य समावेश गरिएको छ ।

यस गीतको भिडियो भिएफएक्स र एनिमेशन प्रयोग गरी बनाइएको हो । सिनेमाको थिम अनुसार तयार पारिएको गीतलाई दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त छ । परिवार परित्याग गरेको एक राजकुमार शाही दरबारमा रहँदा सामना गर्नुपरेका रहस्यहरु तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको कथामा सिनेमा बनेको निर्देशक भिमसेन लामाले बताए ।

सिनेमामा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । हरर जनरामा निर्माण भएको सिनेमालाई पृथ्वी राना मगर निर्माण गरेका हुन् भने सम्पदा मल्लले लेखेकी हुन् । अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले खिचेको सिनेमाको सह(निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।