एसिड आक्रमणमा परेकी मुस्कानको बायोपिक बनाउँदै रमित

एसिड आक्रमणमा परेकी मुस्कानको बायोपिक बनाउँदै रमित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एसिड आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक बन्ने भएको छ । अभिनेता रमित ढुंगानाले मुस्कानको बायोपिक बनाउन लागेका हुन् ।

थुप्रै सिनेमामा अभिनय गरेका रमितले पछिल्लो समय ‘बुद्ध वर्न इन नेपाल’ नामक सिनेमा निर्माण गरेका थिए । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले मंगलबार ढुंगानासंग आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमबाट उनले नयाँ सिनेमाको घोषणा गरेका हुन्।

अहिले प्रि-प्रोडक्सनमा रहेको सिनेमा यही पौष महिनाको अन्तिम हप्ताबाट फ्लोरमा निस्कने अभिनेता ढुंगानाले बताए। चलचित्र पत्रकार संघ नेपाल, दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अभिनेता रमितले ‘बुद्ध वर्न इन नेपाल’ले दर्शक र समिक्षकबाट राम्रो प्रतिक्रिया पाएपछि आफू बायोपिक सिनेमा बनाउने निर्णयमा पुगेको बताए। सिनेमाको नाम भने केहि दिनपछि घोषणा गरिनेछ ।

मुस्कान सन् २०१९ मा एसिड आक्रमणमा परेकी थिइन् ।