चैत्र ११ मा विक्रम र दीपिकाको ‘हेल्लो जिन्दगी’ रिलिज घोषणा

चैत्र ११ मा विक्रम र दीपिकाको ‘हेल्लो जिन्दगी’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एभरेष्ट सुर्य बोहराको निर्देशनमा निर्माण भएको सिनेमा ‘हेल्लो जिन्दगी’को पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ । रियल स्टोरीमा बेस्ड सिनेमा आगमी चैत्र ११ गतेबाट नेपालका सिनेमा घरमा रिलिज हुनेछ ।

वीरञ्जना इन्टरटेनमेन्टको प्रस्तुतीमा महारानी इन्टरटेनमेन्ट युके र एभरेष्ट सुर्य बोहरा फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा विक्रम डी जोशी र दीपिका प्रसाईको मुख्य भुमिका छ । सिनेमामा प्रियंका कार्की, विक्रान्त वस्नेत विल्सन विक्रम राई, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

हिराल जोशी र विक्रम डी जोशीले निर्माण गरेको सिनेमाकी कार्यकारी निर्मातामा सिर्जना जोशी महर्जन छिन् । निर्देशक बोहरा र अभिनेता जोशीको कथा रहेको सिनेमाको पटकथा र संवाद लेखनमा निर्देशक बोहरालाई अभिमन्यू निरवीले साथ दिएका हुन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको सिनेमामा मित्र डी गुरुङको सम्पादन छ ।

सत्य घटनामा आधारित सामाजिक कथा समेटिएको ‘हेल्लो जिन्दगी’को बेलायत र नेपालमा छायांकन गरिएको हो । निर्देशक बोहराकै शब्द रहेको सिनेमाका गीतमा राजनराज सिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल, प्रताप दास, प्रविशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालले सिनेमाका गीतमा स्वर दिएका छन् ।