anmol jasita

प्रभाष र पुजा अभिनित ‘राधे श्याम’ ट्रेलर रिलिज

प्रभाष र पुजा अभिनित ‘राधे श्याम’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्यान इन्डिया स्टार प्रभाष अभिनित नयाँ सिनेमा ‘राधे श्याम’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरमा प्रभाष र मुख्य अभिनेत्री पुजा हेग्डेबीचको प्रेम, रोमान्स र विछोडलाई स्थान दिइएको छ ।

आगामी जनवरी १४ मा रिलिज हुने सिनेमालाई राधा कृष्ण कुमारले निर्देशन गरेका हुन् । सिनेमामा भाग्यश्री, कुनाल रोय कपुर र सचिन केलकर लगायतका कलाकारको समेत अभिनय छ । पाँच भाषामा रिलिज हुने यो सिनेमालाई वर्षकै एक प्रतिक्षित सिनेमाको रुपमा हेरिएको छ । निर्माण टिमले भारतीय सिनेमा इतिहासमा पहिलो पटक राधे श्यामको ट्रेलर चालिस हजार फ्यान माझ रिलिज गरिएको थियो ।

सिनेमाको ट्रेलर रिलिज कार्यक्रम हैदरावादको रामोजी फिल्म सिटीमा गरिएको थियो । यो सिनेमालाई हिन्दीमा भुषण कुमारको टिसिरिजले रिलिज गर्नेछ । लभस्टोरी जनरामा निर्माण गरिएको सिनेमामा एउडा पनि एक्सन सिन समावेश नगरिएको बलिउड मिडियाले जनाएका छन् ।