anmol jasita

लकडाउनको कथावस्तु समेटिएको ‘श्री’ युट्युवमा रिलिज

लकडाउनको कथावस्तु समेटिएको ‘श्री’ युट्युवमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पहिलो चरणको लकडाउनमा निर्माण भएको सिनेमा ‘श्री’ युट्युवमा रिलिज गरिएको छ । नयाँ वर्षको अवसरमा रिलिज भएको सिनेमा दोस्रो चरणको लकडाउन र कोरोना महामारीका कारण बक्सअफिसरमा राम्रो व्यापार गर्ने सकेन ।

युट्युवमा रिलिज भएको सिनेमाले दर्शकको राम्रो साथ पाइरहेको छ । रिलिजको पहिलो दिनमा नै सिनेमाले करिब पाँच लाख दर्शकको साथ पाएको छ । सिनेमा हेरेका अधिकांश दर्शकले सिनेमाको तारिफ गरेका छन् । मुख्य अभिनेता संन्दीप क्षेत्रीको अभिनयलाई दर्शकले रुचाएका छन् ।

निर्माण पक्षले यो सिनेमा जम्मा ७२ घण्टामा खिचिएको दावी गरेको छ । ‘७२ घण्टामै छायांकन सकाएको भएपनि सिनेमाले पूर्ण मनोरंजन र सामाजिक संदेश दिनेछ ।’ निर्देशक बोहराले बताए ।

सिनेमामा सन्दीप क्षेत्री, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुषाल, रविन्द्र झा, भोलाराज सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नविन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीलगायतले अभिनय गरेका छन् ।

एभरेस्ट सुर्य बोहरा व्यानर र ओएसआर डिजिटलको सहकार्यमा निर्मित सिनेमाका निर्माता श्री पराजुली र सविता गुरुङ हुन् ।