रणवीरको ‘८३’ को औसत ओपनिङ

रणवीरको ‘८३’ को औसत ओपनिङ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रणवीर सिंह अभिनित सिनेमा ‘८३’ क्रिसमसको अवसर पारेर शुक्रबारबाट रिलिज गरिएको छ । सिनेमालाई समीक्षक तथा दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । तर, सिनेमाले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन ।

भारतीय ट्रेड एनालिर्स्ट तरण आदर्शको अनुसार सिनेमाले भारु १२ करोड ४६ लाखको ओपनिङ गरेको छ । भारतमा रिलिज भएको सबै भाषाको मिलाएर १२ करोड ४६ लाख भएको हो । यो सिनेमा हिन्दी बाहेक तमिल, तेलुगु, कन्नड र मलयालम गरी पाँच भाषामा रिलिज गरिएको छ ।

कबिर खानले निर्देशन गरेको सिनेमामा रणवीरसँगै दीपिका पादुकोणको पनि मुख्य भुमिका छ । यो सिनेमा १९८३ क्रिकेट वर्ल्ड कपमा आधारित छ ।