आफ्नै फार्म हाउसमा सलमानलाई सर्पले टोक्यो

आफ्नै फार्म हाउसमा सलमानलाई सर्पले टोक्यो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ । पानभेलस्थित आफ्नै फार्म हाउसमा खानलाई सर्पले टोकेको हो ।

सर्पले टोकेपछि उनलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । ६ घण्टाको उपचारपछि उनलाई आइतबार बिहान डिस्चार्ज गरिएको भारतीय मिडियामा उल्लेख छ । अहिले उनी घरमै आराम गरिरहेका छन् ।

उनलाई विष नभएको सर्पले टोकेको जनाइएको छ ।