हरर सिनेमा ‘कठपुतली’को दोस्रो ट्रेलर रिलिज

हरर सिनेमा ‘कठपुतली’को दोस्रो ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अगामी शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको सिनेमा ‘कठपुतली’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । तीन हप्ता अगाडि पहिलो ट्रेलर सार्वजनिक गर्दा निर्माण टिमले दोस्रो ट्रेलर पनि सार्वजनिक गर्ने घोषणा गरेको थियो ।

पहिलो ट्रेलरमा तर्साउने दृश्यहरु नभएको टिप्पणी भए पनि ट्रेलरको चौतर्फी तारिफ भइरहेको छ । दोस्रो ट्रेलरमा भने तर्साउने दृश्यहरु समावेश छन् । दोस्रो ट्रेलर हेर्दा सिनेमाको मूल कथा अभिनेता कर्माको वरीपरी घुमेको बुझ्न सकिन्छ ।

विविध परिस्थितिका कारण राजकुमारले एक विकट ठाउँको दरबारभित्र सामना गर्नुपरेका रहस्यहरु तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको कथालाई ट्रेलरमा देखाइएको छ । २ मिनेट ९ सेकेण्डको ट्रेलरमा कर्माको अभिनयले ध्यान खिच्छ । ट्रेलरमा ब्याकग्राउन्ड स्कोर स्तरीय छ ।

भिमसेन लामाको निर्देशनमा बनेको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, ध्रुव कोइराला, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ ।

पृथ्वी राना मगरले निर्माण गरेको हरर जनरामा निर्मित सिनेमालाई सम्पदा मल्लले कथा लेखेकी हुन् । उनी सिनेमाकी कार्यकारी निर्माताको रुपमा समेत रहेकी छन् । अष्ट्रेलियाका छायाँकार जोएल फ्रूमले खिचेको सिनेमाको सह(निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा हुन् ।