सलमानको जन्मदिनमा ‘नो एन्ट्री’को सिक्वेल घोषणा

सलमानको जन्मदिनमा ‘नो एन्ट्री’को सिक्वेल घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खान सोमबार ५६ औं जन्मदिन मनाउँदै छन् । पनवेल फार्म हाउसमा उनको जन्मदिन मनाउन आइतबार राति कलाकार तथा मिडिया पुगेका थिए ।

जन्मदिनको अवसरमा उनले सिनेमा ‘बजरंगी भाईजान’को सिक्वेललाई लिएर कुराकानी गरेका छन् । उनले यस सिनेमाको टाइटलको खुलासा गरेका छन् । सिनेमाको सिक्वेलको नाम सलमानले निभाएको भुमिकामा आधारित छ । उनले यस सिनेमाको सिक्वेलको नाम ‘पवन पुत्र भाईजान’ राख्ने बताए । यसको कथा निर्देशक एसएस राजामौलीको पिता केवी विजयेन्द्रले लेखिरहेका छन् ।

साथै, सलमानले अर्काे सिनेमा ‘नो एन्ट्री’को सिक्वेल बनाउने घोषणा गरेका छन् । उनले ‘टाइगर ३’ को छायांकन सकिएपछि ‘नो एन्ट्री’को सिक्वेलको काम सुरु गर्ने बताएका छन् ।