सकियो ‘काँडेतार’को छायांकन

सकियो ‘काँडेतार’को छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नवल खड्का निर्देशित सिनेमा ‘काँडेतार’को छायांकन सकिएको छ । प्रदेश १ र २ का विभिन्न जिल्लामा सुटिङ गरिएको सिनेमाको ३५ दिनमा छायांकन सकिएको हो ।

नेपाल–भारतको सीमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयलाई उठान गरेको सिनेमामा निर्देशक स्वयम् शीर्ष भुमिकामा छन् । सिनेमामो उनीसँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, रविन्द्र रञ्जन झा, मुरलीधर मुख्य भुमिकामा छन् । त्यस्तै, प्रशान्त यादव, सञ्जय खतिवडा, रोमियन लिम्बू, प्रेम सुब्बा, पर्शुराम चौधरी, राजेन्द्र भगत, पन्नालाल चौधरी, प्रकाश अनुराग, पुष्प श्रेष्ठ, महेश गिरी, रवि शाह, रामेश्वर बुर्लाकोटी, केशव रायमाझी, अञ्जु केसी, खेम नेपाली, ज्ञानेन्द्र कोइराला, रामविश्वास थारु, मातृका घिमिरे, रितु चौधरी, प्रेम कार्की, प्रतीक श्रेष्ठ, छवि बैरागी घिमिरे लगायत कलाकारका सिनेमामा अभिनय छ । नादिया खड्का र सनया खड्काले बालकलाकारका रुपमा अभिनय गरेका छन् ।

सौरभ लामाले छायांकन गरेको सिनेमालाई तारा थापा ‘किम्भे’ले सम्पादन गर्नेछन् । शिवम् अधिकारी र निर्देशक खड्काको लेखन रहेको सिनेमाको कार्यकारी निर्माता सत्यकला राई हुन् । श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको नृत्य निर्देशन रहेको सिनेमाका गीतमा मणि थापा र दीपक शर्माको संगीत रहनेछ ।

नवलले यसअघि ‘दशगजा’, ‘भीमदत्त’ जस्ता देशभक्तिले भरिएका सिनेमा बनाएका थिए ।