सरकार विरोधको आरोपमा म्यानमारका अभिनेता पाइङलाई जेल सजाय

सरकार विरोधको आरोपमा म्यानमारका अभिनेता पाइङलाई जेल सजाय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – म्यानमारमा सरकारविरोधी आन्दोलनमा सहभागी भएको अभियोगमा मोडल तथा अभिनेता पाइङ टाकहोनलाई तीन वर्ष जेल सजाय सुनाएको छ ।

अप्रिलमा आठ वटा ट्रकमा आएका करिब ५० जना सेनाले २४ वर्षीय टाकहोनलाइ घरबाटै पक्राउ गरेको उनकी बहिनीले फेसबुकमा पोस्ट गरेकी छन् ।

उनले सरकारविरोधी प्रदर्शनमा सक्रिय सहभागीता जनाउनुका साथै सामाजिक सञ्जालमार्फत सरकारको विरोध गर्दै आएका थिए । निर्वाचनमा धाँधली भएको भन्दै म्यानमार सरकारको विरोध भइरहेको छ ।

-एजेन्सी