फराहको निर्देशनमा राजेश खन्नाको बायोपिक बन्ने

फराहको निर्देशनमा राजेश खन्नाको बायोपिक बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता राजेश खन्नाको ७९ औं जयन्तीमा उनको बायोपिक बन्ने घोषणा गरिएको छ । निर्माता निखिल द्विवेदीले गौतम चिन्तमणिले लेखेको पुस्तक ‘डार्क स्टारः द लोनलिनेस अफ बिइङ’ राजेश खन्नाको राइट्स लिएका छन् । यो बायोपिकलाई फराह खानले निर्देशन गर्नेछिन् । सिनेमाको निर्देशनसँगै फराह किताबका लेखकसँग स्क्रिप्ट लेखनमा सहकार्य गर्नेछिन् ।

‘हो, मैले राजेश खन्नामाथि गौतम चिन्तामणीले लेखेको पुस्तक पढेकी छु । जुन निकै रोचक छ । योमाथि सिनेमा बनाउने हाम्रो कुराकानी भइरहेको छ । अहिलेलाई योभन्दा बढी केही बताउन असमर्थ छु’, फराहले भनेकी छन् । राजेशको बायोपिकमा शीर्ष भूमिका कसले निर्वाह गर्छ भन्ने निश्चित भइसकेको छैन् ।

राजेशको वास्तविक नाम जतिन खन्ना हो । उनले सन् १९६६ मा चेतन आनन्द निर्देशित सिनेमा ‘आखिरी खत’बाट बलिउडमा पाइला चालेका थिए । ‘सुपरस्टार’ शब्द नै राजेशको लोकप्रियता देखेर बनाइएको थियो । आफ्नो समयमा राजेशको विशेषत युवती फ्यान फलोइङ अधिक थिए । उनीप्रति प्रेम दर्शाउन युवतीहरुले रगतको चिठ्ठीसमेत लेखेको खबर बाहिर आएको थियो ।

-एजेन्सी