ओमिक्रोन त्रास : शाहिद कपुरको ‘जर्सी’ पोस्टपोन्ड

ओमिक्रोन त्रास : शाहिद कपुरको ‘जर्सी’ पोस्टपोन्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासको कारण शाहिद कपुर स्टारर बलिउड सिनेमा ‘जर्सी’ अनिश्चितकालको लागि पोस्टपोन्ड भएको छ । आगामी शुक्रबार रिलिज हुने पूर्वनिर्धारित मितिबाट प्रदर्शनलाई स्थगित गर्ने निर्णय भएको निर्मातालाई उध्दृत गर्दै बलिउड हंगामाले जनाएको छ ।

सिनेमा सीधै ओटीटी प्लेटफर्ममा रिलिज हुने हल्लाको पनि खण्डन गरिएको छ । रिलिजको लागि दुई दिनमात्र बाँकी रहँदा मंगलबार प्रदर्शन स्थगित गर्ने निर्णय बाहिरिएको हो । सिनेमालाई हलमै रिलिज गर्ने र नयाँ प्रदर्शन मिति आगामी साता घोषणा हुने जनाइएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार कोरोनाविरुद्ध नयाँ र कडा प्रतिबन्धहरुको घोषणा गरेका छन् । अहिले राजधानी दिल्ली ओमिक्रोन भेरिएन्टको हटस्पट बनिरहेको छ । मंगलबारदेखि दिल्लीका सिनेमा हलहरु, मनोरञ्जन पार्क र स्पाहरु बन्द गरिएका छन् ।