गौरव र अनु अभिनित ‘पसिना’ युट्युबमा सार्वजनिक

गौरव र अनु अभिनित ‘पसिना’ युट्युबमा सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गौरव पहारी र अनु शाह अभिनित नेपाली सिनेमा ‘पसिना’ युट्युबमा सार्वजनिक गरिएको छ ।

आर बि खत्री शरदको लेखन, निर्माण तथा निर्देशन रहेको सिनेमामा सरोज खनाल, रवी गिरी, ध्रुब कोइराला, जयनन्द लामा, सरोज अर्याल, शान्ती गिरी लगायतको अभिनय छ । शान्ता ढकालको लगानी रहेको सिनेमामा छुल्ठिम गुरुङले आइटम नृत्य गरेकी छन् ।

सिनेमामा श्रम नगरि पैसा आउँदैन भन्ने सन्देश दिन खोजिएको छ । आफ्नै माटोमा पसिना बगाए सफल भइन्छ भन्ने कथालाई चलचित्रमा देखाउन खोजिएको छ । आशिश र निर्देशक शरदको पटकथा तथा संवाद रहेको सिनेमाको कार्यकारी निर्माता संजय महत्तो हुन् ।

राम केसीको छायाँकन रहेको सिनेमामा नविन निरौला र भरत रेग्मीको सम्पादन छ । युट्युबमा सिनेमालाई दर्शकले सकारात्मक प्रतिक्रिया दिईरहेका छन् ।