पोखराबाट चर्चित र्यापर तथा अभिनेता ‘लाहुरे’ पक्राउ

पोखराबाट चर्चित र्यापर तथा अभिनेता ‘लाहुरे’ पक्राउ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लागु औषध कारोबारको आरोपमा चर्चित र्यापर तथा अभिनेता आशिष राना ‘लाहुरे’ पक्राउ परेको छ । उनलाई जिल्ला प्रहरी कास्कीको टोलील बुधबार पोखराबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कास्कीका डिएसपी सुन्दर तिवारीले ‘लाहुरे’ पक्राउको पुष्टि गरे । लागुऔषध कारोबारको सञ्जालमा मुछिएपछि लाहुरेसहित चार जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको उनले बताए ।

बिहिबार सार्वजनिक विदा परेको कारण भोलीबाट मात्रै अनुसन्धानको प्रक्रिया अघि बढ्ने डिएसपी तिवारीले बताए । ‘हामी अनुसन्धानको क्रममा छौं, विदाको दिन परेकोले थप केहि भन्ने अवस्था रहेन, उहाँ हिरासतमा हुनुहुन्छ तिवारीले भने, ‘अन्तिम निष्कर्षमा पुगेपछि प्रेसमिट गरेरै विस्तृत विवरण बाहिर ल्याउँछौं ।’

उनीमाथि ब्राउन सुगर कारोबार गरेको आरोप लागेको छ । यसको मूख्य कारोबारी पनि पक्राउ परेका छन् । तिवारीले भने यो विषयमा थप कुरा बताउन चाहेनन् । उनले ‘ताण्डव’बाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गरेका थिए ।