अर्जुनलाई दोस्रो पटक कोरोना संक्रमण

अर्जुनलाई दोस्रो पटक कोरोना संक्रमण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अर्जुन कपुरलाई कोरोना भाइरस संक्रमण भएको छ । उनी दोस्रो पटक कोरोना संक्रमित भएका हुन् ।

अर्जुनसँगै उनकी बहिनी अंशुला कपूर, सोनम कपूरकी बहिनी रिया कपूर र उनका पति करण बुलानीलाई पनि कोरोना देखिएको छ । हाल उनीहरु आफ्नै घरमा आइसोलेशनमा बसेका छन् ।

अर्जुनलाई २०२० सेक्टेबरमा कोरोेना संक्रमण भएको थियो । त्यति बेला उनलाई कुनै कठिनाई नभई कोरोना मुक्त भएका थिए । भने, यसपटक आफू पहिलाको भन्दाबढी ग्रसित भएको अर्जुनले बताएका छन् ।

-एजेन्सी