अदितीलाई कोरोना संक्रमण

अदितीलाई कोरोना संक्रमण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री तथा मोडल अदिती बुढाथोकीलाई कोरोना संक्रमण भएको छ । मुम्बईको अस्पतालमा दुई चरणको भेरोसेल खोप लगाइसक्दा समेत उनलाई कोरोना संक्रमण भएको हो । उनी मंसिर दोस्रो साता सिक्किममा सिनेमा ‘बाबरी’ को छायांकन सकेर मुम्बई गएकी थिइन् ।

उनले आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिदै इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘मैले कोभिड १९ को परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ । मलाई सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गराएको थिए । अहिले मैले आफूलाई आफैंदेखि अलग राखेको छु । जो कोही केही दिनदेखि मेरो सम्पर्कमा हुनुहुन्थ्यो, कृपया परीक्षण गराउनुहोला ।’

‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदितीले पछिल्लो समय आफ्नै होम प्रोडक्सनको सिनेमा ‘बाबरी’को छायांकन सकेकी छन् । सिनेमामा उनी धिरज मगर र बलिउड कलाकार धिरज टोटलानीसँग देखिदैछिन् ।