शुक्रबारबाट हरर सिनेमा ‘कठपुतली’ रिलिज

शुक्रबारबाट हरर सिनेमा ‘कठपुतली’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पौष १६ अर्थात शुक्रवारबाट हरर सिनेमा ‘कठपुतली’ देशभरबा सिनेमा घरमा प्रदर्शनमा आएको छ । बुधवार राजधानीमा भएको प्रिमियरमा राम्रो प्रतिक्रिया बटुलेको सिनेमाले ठूलो संख्यामा सिंगल हल र देशभर मल्टीप्लेक्सहरुमा सयभन्दा बढी शोज पाएको छ ।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रवारका लागि आफ्नो ९ मेजर स्टेशनमा कूल १४ शोज दिएको छ । बिग मुभिज, क्यूज सिनेमाज्, विएसआर मुभिज, वान सिनेमाज्, एफक्यूब, सिडिसी सिनेमाज्, आइएनआइ सिनेमाज्, कीर्तिपुर सिनेप्लेस लगायतका मल्टीप्लेक्समा पनि सिनेमाले राम्रो शोज पाएको छ ।

मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको मुख्य भूमिका रहेको सिनेमालाई भिमसेन लामाले निर्देशन गरेका हुन् । पृथ्वी राना मगरले निर्माण गरेको सिनेमाको सह(निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।

अष्ट्रेलियाका छायाँकार जोएल फ्रूमले सिनेमाको छायांकन गरेका हुन् । निर्माण टिमले कठपुतलीलाई नेपाली पिरियड हरर सिनेमा अर्थात राजाहरुको शासन कालको कथा भनेको छ ।