‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक

‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक गरिएको छ । टिजरले सिनेमाका मुख्य पात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावा कसरी लाग्छ भन्ने कथा प्रस्तुत गरेको छ ।

चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउन लागेको सिनेमालाई दिनेश पाल्पालीले निर्देशन गरेका हुन् । उनले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा फिल्ममा प्रस्तुत गरेको बताएका छन् । ‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, सिनेमा यही दर्शनमा केन्द्रित रहेको छ,’ निर्देशक दिनेशले भने ।

निर्देशक दिनेशले कवि भूपी शेरचनले धेरै अघि नै काठमाडौंलाई चिसो एस्ट्रेको विम्बको रुपमा प्रस्तुत गरेको र सिनेमा उनको सोही विम्बबाट प्रभावित भएको पनि बताएका छन् । ‘त्यसैले सिनेमा पनि सकभर पोइटिक हिसाबले नै बनाउन खोजेका छौँ,’ उनले भने । चिसो एस्ट्रेले पाश्चात्य सिनेमाले युवामा पार्ने प्रभावलाई पनि कथ्यमा समेटेको निर्देेशकले बताएका छन् ।

सिनेमामा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित सिनेमालाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने उनलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् ।

सिनेमाको सह-निर्मातामा भने रुपेश ढुंगाना र नविन ढुंगाना रहेका छन् । निर्माता महेश बाबु तिमल्सिनाले सिनेमा मेहनत गरेर बनाएको र अब दर्शकबीच प्रस्तुत गर्न उत्सुक रहेको बताए । सिनेमामा दिनेशले लेखन, निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । सिनेमामा संगीत भने अजर जंगमको रहेको छ ।

उज्जल बस्ताकोटीको छायांकन रहेको सिनेमामा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् । नोबेल फ्रिक्सको पाश्र्व संगीत रहने सिनेमामा कला संग्रौलाको आर्ट डिरेक्सन र फ्रान्सेली प्रडक्सन डिजाइनर सोनिया जोसेरयान्ड मेर्सियरको डिजाइन रहेको छ ।