ओमिक्रोनका कारण सर्यो बहुप्रतिक्षित सिनेमा ‘आरआरआर’

ओमिक्रोनका कारण सर्यो बहुप्रतिक्षित सिनेमा ‘आरआरआर’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एसएस राजामौली निर्देशित सिनेमा ‘आरआरआर’को प्रदर्शन मिति पोस्टपोन्ड गरिएको छ । आगामी शुक्रबार रिलिज हुने भनिएको सिनेमा पोस्टपोन्ड भएको जानकारी निर्देशक राजामौलीले दिएका छन् ।

विज्ञप्ति जारी गर्दै उनले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण बढिरहेको स्थिती र हलहरु क्रमशः बन्द हुँदै गएकाले सिनेमालाई पोस्टपोन्ड गर्नुपरेको जनाएका छन् ।

उचित समयमा फिल्मको प्रदर्शन मिति घोषणा गरिने जनाइएको छ । ‘सहि समयमा हामीले भारतीय सिनेमाको गौरवलाई फिर्ता गर्नेछौं’ विज्ञप्तिमा उल्लेख छ । बाहुबली फेम्ड निर्देशक राजामौलीको सिनेमा नेपाली दर्शकमाझ पनि बहुप्रतीक्षित थियो ।