anmol jasita

प्रभाषको ‘राधे श्याम’ घोषित मितिमै रिलिज हुने

प्रभाषको ‘राधे श्याम’ घोषित मितिमै रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडको बहुप्रतिक्षित सिनेमा ‘आरआरआर र जर्सी’ सरेपछि यतिवेला सवैको आँखा प्रभाष अभिनित ‘राधे श्याम’माथि । यो सिनेमा पनि सर्ने चर्चा भैरहेका वेला निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गर्दै राधे श्याम घोषित मितिमै रिलिज हुने जनाएको छ ।

प्रभास र पूजा हेगडेको मुख्य भूमिका रहेको प्यान इन्डिया सिनेमा पनि सर्छ कि भन्ने अनुमान चलिरहेका बेला निर्माता युभी क्रिएसन्सले भने सिनेमा पूर्व निर्धारित मितिमा नै आउने घोषणा गरेको हो । निर्माताले योसँगै हल्लाको पछि नलाग्न र जनवरी १४ मा सिनेमा हेर्न आउन आग्रह पनि गरेका छन् ।

सिनेमामा प्रभासले हात हेरेर भविष्यवाणी गर्ने पाल्मिस्टको भूमिका निर्वाह गरेका छन् । प्रभास र पूजा हेगडेको प्रेमकथामा आधारित सिनेमाको ट्रेलरले कीर्तिमानी दर्शक पाएको थियो । ट्रेलरपछि दर्शकले यसलाई हलिउड सिनेमा ‘टाइटानिक’सँग तुलना गरेका छन् ।