नरेनको प्रवेशसँगै ‘म’ को छायांकन काठमाडौंमा सुरु

नरेनको प्रवेशसँगै ‘म’ को छायांकन काठमाडौंमा सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कान्तिपुर सिनेमा एकेडेमीले पहिलो पटक निर्माण गर्न लागेको सिनेमा ‘म’ को छायांकन सोमबारबाट सुरु भएको छ ।

काठमाडौंको महेन्द्र निधि अस्पतालबाट दृश्य खिच्न सुरु गरिएको सिनेमामा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, निराजन प्रधान, प्रमोद अग्रहरी, संजोग रसाइली, पुनम श्रेष्ठ मुख्य भूमिकामा छन् । निर्देशक सुवर्ण थापाले सिनेमाको निर्देशन गरिरहेका छन् ।

सिनेमाको छायांकन सुरु भएसँगै मुख्य भूमिकामा अभिनेता नरेन खड्काको प्रवेश भएको छ । सोमवारबाटै उनले सिनेमाको सुटिङ सेट ज्वाइन गरेका हुन् । उनले ‘म’ मा जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन् । ‘सिनेमामा काम गर्न राजी हुनुको कारण कथावस्तु र चरित्र मन परेर नै हो । साथै, मलाई सुवर्ण थापासँग काम गर्ने ठूलो इच्छा थियो । उहाँले निर्देशन गर्नुभएको ‘सुनगाभा’ एकदमै मन परेको थियो । उहाँबाट धेरै कुरा सिक्न पाउँछु भन्ने लागेको छ । अग्रज कलाकारसँग काम गर्न पाउनु मेरो लागि अर्को उपलब्धि हो’ उनले भने ।

कान्तिपुर सिनेमा एकेडेमीका सिइओ प्रकाश पुरीको लेखन रहेको सिनेमामा पदम पुरी सह-निर्माता र विमला हुँमागाईं निर्मातामा छन् । करन सिंह प्रोडक्सन म्यानेजर रहेको सिनेमामा बनिष शाहको सम्पादन, तेन्जिन पाल्देनको छायांकन र सुजन परियारको कस्टुम डिजाइन रहनेछ । आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने सिनेमाको काठमाडौंमै सम्पूर्ण सुटिङ हुनेछ ।