anmol jasita

अनिश्चित कालका लागि पोष्टपोन्ड भयो प्रभाषको ‘राधे श्याम’

अनिश्चित कालका लागि पोष्टपोन्ड भयो प्रभाषको ‘राधे श्याम’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – घोषित मितिमै रिलिज गर्ने अड्डी कसेर बसेको प्रभाष अभिनित सिनेमा ‘राधे श्याम’ पनि अन्तत् : पोष्टपोन्ड भएको छ ।

केहीदिन यता भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तिव्र गतिमा फैलिन थालेसँगै एकपछि अर्को सिनेमा अनिश्चित कालको लागि पोष्टपोन्ड भैरहेका छन् । अहिलेसम्म बलिउड सिनेमा जर्सी, आरआरआर र पृथ्वीराजले आफ्नो प्रदर्शन स्थगित गरिसकेका छन् । यसैबीच प्रचार प्रसारमा राम्रो बजेट खर्च गरिसकेको राधे श्याम पनि सरेपछि बलिउडको रिलिज क्यालेण्डर उथल पुथल हुन पुगेको छ ।

प्रभास र पूजा हेगडेको मुख्य भूमिका रहेको प्यान इन्डिया सिनेमा पनि सर्छ कि भन्ने अनुमान चलिरहेका बेला निर्माता युभी क्रिएसन्सले भने केही दिनअघि एक पोस्टर सार्वजनिक गर्दै सिनेमा पूर्व निर्धारित मितिमा नै आउने घोषणा गरेको थियो । निर्माताले योसँगै हल्लाको पछि नलाग्न र जनवरी १४ मा सिनेमा हेर्न आउन आग्रह पनि गरेका थिए । तर, कोरोनाको बढ्दो त्रासले निर्माण टिम वितरक र प्रदर्शकको सल्लाहमा सिनेमा पोष्टपोन्ड गर्न बाध्य भएको हो ।

सिनेमामा प्रभासले हात हेरेर भविष्यवाणी गर्ने पाल्मिस्टको भूमिका निर्वाह गरेका छन् । प्रभास र पूजा हेगडेको प्रेमकथामा आधारित सिनेमाको ट्रेलरले कीर्तिमानी दर्शक पाएको थियो । ट्रेलरपछि दर्शकले यसलाई हलिउड सिनेमा ‘टाइटानिक’सँग तुलना गरेका छन् ।