ऋचा र भोला अभिनित ‘कौसीद’को टिजर सार्वजनिक

ऋचा र भोला अभिनित ‘कौसीद’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘कौसीद’ टिजर सार्वजनिक गरिएको छ । टिजरमा मुख्य अभिनेता भोलाराज सापकोटा पिँजडामा खरायो बोकेको लुक्समा फिचर्ड छन् ।

कोभिड महामारीबीच सिनेमाको छायांकनसँगै पोस्ट प्रोडक्सनको सवै काम सकाएर टिजर सार्वजनिक गरिएको निर्देशक कुमार भाष्करले बताए । उनका अनुसार सिनेमा प्रदर्शनको लागि फाइनल भैसकेको छ । तर, सिनेमा क्षेत्रमा परिरहेको र पर्नसक्ने कोरोना महामारीको सम्भावित असरलाई मध्यनजर गरेर छिट्टै नै सिनेमाको रिलिज मिति सार्वजनिक गरिने जनाएका छ ।

ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ आधारित कथामा बनेको सिनेमाको टिजरले पिँजडामा परेको जीवनको उन्मुक्तिको संघर्ष भाव चित्रण गर्छ । सिनेमामा भोला र ऋचाका अलवा रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा छन् । सिनेमाको निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह निर्मातामा लक्ष्मण बानियाँ छन् ।

निर्देशक भाष्करकै पटकथामा बनेको सिनेमाको कथा लेखनमा नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले सघाएका छन् । निसाल पौडेलले छायाँकन गरेको सिनेमामा मित्र गुरुङ र भीम विश्वकर्माको सम्पादन छ । बड पिक्चर्सको ब्यानरमा सिनेमा निर्माण भएको हो ।