‘परस्त्री’ निर्माण घोषणा, निर्देशनमा डेव्यु गर्दै सुरज पाण्डे

‘परस्त्री’ निर्माण घोषणा, निर्देशनमा डेव्यु गर्दै सुरज पाण्डे

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा ‘परस्त्री’ निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको निर्माण घोषणा गरियो । दीपेन्द्र के खनालको लेखन रहने सिनेमालाई सुरज पाण्डेले निर्देशन गर्नेछन् । ‘लभ लभ लभ’ फेम्ड अभिनेता पाण्डे यही सिनेमा बाट निर्देशनमा डेव्यु गर्दैछन् ।

डिएस डिजिटलको व्यानरमा निर्माण हुने सिनेमामा शर्मिला पाण्डेको लगानी रहनेछ । सिनेमाको निर्माण घोषणा कार्यक्रममा ‘परस्त्री’लाई नेपालीसँगै हिंन्दी भाषामा समेत निर्माण गरिने जानकारी दिइयो । गायक तथा अभिनेता कोशिस क्षेत्रीको मुख्य भुमिका रहने सिनेमाका लागिक अन्य कलाकार छनोटको क्रममा रहेका छन् ।

निर्माण टिमका अनुसार सिनेमाका लागि आवश्य अन्य कलाकार अडिसन मार्फत छनोट गरिने जानकारी दिइयो । निर्माण टिमका अनुसार २२ देखि २७ वर्षभित्रका अभिनेता, २२ देखि ३० वर्षभित्रकी अभिनेत्री र २० देखि २५ वर्षभित्रकी अन्य अभिनेत्री अडिसन मार्फत छानिने छन् । सामाजिक कथावस्तुमा निर्माण हुने सिनेमा फागुन तेस्रो साताबाट फ्लोरमा जानेछ । सिनेमालाई निरज कँडेलले छायांकन गर्नेछन् ।

सिनेमाको सम्पुर्ण छायांकन काठमाडौंमा गरिनेछ । यस्तै निर्देशनमा डेव्यु गर्न लागेका अभिनेता पाण्डेले आफ्नो पहिलो प्रथामितामा अभिनयभन्दा पनि निर्देशन रहेको बताए । सिनेमा क्षेत्रमा प्रवेश गरेदेखि नै आफु निर्देशकको रुपमा आउने चाहाना भएकाले पनि लामो समय निर्देशनमा अध्यन र अनुसन्धान गरेर ‘परस्त्री’ निर्देशन गर्ने हिम्मत जुटाएको बताए ।

यस्तै सिनेमाका लेखक तथा निर्माता दीपेन्द्र के खनालले ‘परस्त्री’को कथा पुर्ण रुपमा नेपाली परिवेशमा तयार पारिका विश्वका अन्य कुनैपनि सिनेमाबाट प्रभावित नभएको बताए । आजसम्म आफुले निर्देशन गरेका कुनैपनि सिनेमा विदेशीबाट प्रभावित नरहेकाले यो पनि विल्कुलै नयाँ र दर्शकको विश्वासमा खरो उत्रने अपेक्षा गरे । आफ्नो कथालाई डेव्यु निर्देशक पाण्डेले न्याय गर्न सक्ने भएका नै उनलाई निर्देशनको जिम्मेवारी सुम्पेको उनको भनाई छ । साथै सुरजलाई निर्देशनमा आफुले कुनैपनि हस्तक्षेप नगर्ने दावी निर्देशक तथा लेखक खनालको छ ।

निर्देशक खनालले निर्मात्री शर्मिला पाण्डेसँग मिलेर निर्माण गरेको सिनेमा ‘चिसो मान्छे’ प्रदर्शनको तयारीमा छ । यो सिनेमा कोरोना महामारीको तेस्रो लहरले असर नगरेको खण्डमा आगामी वर्षको बैशाख ३० गतेबाट प्रदर्शनमा आउनेछ ।