आकाशे खेतीको पहिलो गीत ‘चिटिक्क परेर’ रिलिज

आकाशे खेतीको पहिलो गीत ‘चिटिक्क परेर’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदर्शनको तयारीमा रहेको सिनेमा आकासे खेतीको गीत ‘चिटिक्कै परेर आइछेउ’ सार्वजनिक गरिएको छ । केही अगाडि फर्ष्टलुक सार्वजनिक गरेको निर्माण युनिटले सिनेमाको प्रचारमा थप बल पुर्याउन गीत सार्वजनिक गरेको हो ।

हरि उप्रेतीको शब्द, राजेश पायल राई, लोक पौडेल, अञ्जु पन्त र सुम्निमा इङ्नामको स्वर रहेको गीतमा विकाश चौधरीको संगीत छ । गीतमा सिनेमाका कलाकार मुख्य कलाकार मरिष्का पोखरेल, गौरव पहारी, विल्सन बिक्रम राई ‘तक्के बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु लगायतको आकर्षक नृत्य देख्न सकिन्छ । गीतको कोरियोग्राफी राजिव सिंहको छ ।

सिनेमा फागुन २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । उदय सुब्बाको निर्देशन रहेको सिनेमामा गौरव पहारी, विल्सन बिक्रम राई ‘तक्के बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर वाङ्देल लगायको मुख्य भुमिका छ ।

युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्वतियन शरणार्थीको विषयमा निर्माण भएको यो निर्देशक सुब्बाको १८ औं सिनेमा हो । यस अगाडि सुब्बाले थुप्रै सफल सिनेमा दिएका छन् । सिनेमा जि.जि ग्रुपका करण श्रेष्ठले उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर बितरण गर्नेछ । सिनेमा युवादेखि बृद्धसम्मको रुचिलाई ध्यानमा राखेर निर्माण गरिएको निर्देशक सुब्बाले बताए ।

केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दीलप्रकाश याक्सो निर्माता रहेको सिनेमाको कथा निर्देशक सुब्बा आफैले तयार पारेका हुन् । सिनेमाको पटकथा तथा सम्वाद भने कलाकार विल्सन बिक्रम राई ‘तक्के बुढा’ ले लेखेका हुन् ।

एसएस इन्टरनेशनल फिल्मस् र ताक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमामा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्धन्द्व निर्देशन, रामजी लामिछाने र राजिव सिंहको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत छ ।