anmol jasita

सलमानको ‘कभि इद कभि दिवाली’बाट बाहिरिए आयुष

सलमानको ‘कभि इद कभि दिवाली’बाट बाहिरिए आयुष

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खानको मुख्य भुमिका रहने सिनेमा ‘कभि इद कभि दिवाली’को निर्माण घोषणा कोरोना महामारी अगाडी नै गरिएको थियो । तर, विभिन्न कारणले सिनेमा निर्माणमा ढिला भैरहेको छ ।

हाल ‘टाइगर ३’को छायांकनमा व्यस्त सलमान यसपछि यो सिनेमाको छायांकन गर्ने तयारमा छन् । सिनेमामा पुजा हेग्डे, आयुष शर्मा, जहिर इकवालको मुख्य भुमिका रहने छ । यस्तै यो सिनेमामा दक्षिण भारतीय सुपरस्टार वेकटेश दग्गुबत्तिको पनि मुख्य भुमिका रहनेछ । अहिलेसम्म उनको भुमिकालाई गोप्य राखिएको छ ।

यसैवीच बलिउड मिडियाका अनुसार सिनेमाबाट आयुष शर्मा बाहिरिएका छन् । उनी यो सिनेमामा सलमानको भाईको भुमिका निवार्ह गर्ने तयारीमा थिए । अव निर्माण टिमले नयाँ कलाकार खोजि रहेको बलिउड हंगामाले उल्लेख गरेको छ । समाचार अनुसार आयुष हालै रिलिज भएको सिनेमा अन्तिम पश्चात सहायक कलाकारको रुपमा काम नगर्ने निर्णयमा पुगेका छन् । उनको निर्णयमा सलमानको पनि समर्थन छ ।

साजिद नाडियाडवालाको लगानी रहने एक्शन कमेडी सिनेमालाई फरहाद समाजीले निर्देशन गर्नेछन् ।