‘परस्त्री’ : अभिनेता र अभिनेत्रीको लागि अडिसन आवहान

‘परस्त्री’ : अभिनेता र अभिनेत्रीको लागि अडिसन आवहान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रवार राधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको सिनेमा ‘परस्त्री’को मुख्य भुमिकामा अभिनय गर्ने कलाकारका लागि अडिसन आवहान गरिएको छ ।

कोशिस क्षेत्रीको मुख्य भुमिका रहने सिनेमाका लागि एक जना २२ देखि २७ वर्षभित्रका अभिनेता, २२ देखि ३० वर्षभित्रकी मुख्य अभिनेत्री र २० देखि २५ वर्ष भित्रकी अर्की एक अभिनेत्रीको लागि अडिसन आवहान गरिएको छ । सिनेमामा अभिनय गर्न चाहने युवा युवतीले अडिसनमा सहभागी हुन इच्छुकले [email protected] मा प्रोफाइल पठाउनु पर्नेछ ।

फागुन तेस्रो साताबाट फ्लोरमा जाने सिनेमाको आवश्यक कलाकारको चाँडै अडिसन गरेर वर्कसप सुरु गरिने निर्मात्री पाण्डेले बताइन् । यो सिनेमालाई लभ लभ लभ फेम्ड अभिनेता सुरज पाण्डेले निर्देशक गर्नेछन् । दीपेन्द्र के खनालले लेखेको सिनेमाबाट निर्देशनमा डेव्यु गर्न निकै चुनौती पुर्ण हुने निर्देशक पाण्डेको बुझाई छ ।

डिएस डिजिटलको व्यानरमा निर्माण हुने सिनेमालाई निरज कँडेलले खिच्नेछन् । यो सिनेमामा मुख्य अभिनेता कोशिस क्षेत्री स्वयंमले संगीत दिनेछन् ।