ऋतिकको जन्मदिनमा ‘विक्रम वेधा’ फर्स्टलुक सार्वजनिक

ऋतिकको जन्मदिनमा ‘विक्रम वेधा’ फर्स्टलुक सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता ऋतिक रोशनको जन्मदिनको अवसरमा उनी अभिनित नयाँ सिनेमा ‘विक्रम वेधा’को फर्स्टलुक सार्वजनिक गरिएको छ । सिनेमामा उनी वेधाको भुमिका देखिएका छन् ।

यो सिनेमा तामिल सुपरहिट सिनेमा विक्रम वेधाको हिंन्दी रिमेक हो । सिनेमाको तामिल भर्सनमा विजय सेतुपथी र आर माधवनले मुख्य भुमिका निवार्ह गरेका छन् । सिनेमाको हिंन्दी रिमेकलाई पनि ओर्जिनल निर्देशक पुष्कर र गायत्रीले नै निर्देशन गरेका हुन् ।

सिनेमा हिंन्दी भर्सनलाई टिसिरिज, रियलाइन्स इन्टरटेनमेन्ट, फ्राईडे फिल्मवर्क र वाई नट स्टुडियोको व्यानरमा निर्माण गरिएको छ । सिनेमामा ऋतिकका अलवा सैफ अली खान र राधिका आप्टेको पनि मुख्य भुमिका रहेको छ । सिनेमा आगामी सेप्टेम्बर ३० अर्थात गान्धी जयन्तीको अवसरमा विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ ।