रोड ट्रिप ‘जि ले जरा’ मा कैट्रिनाको जोडी विक्की ?

रोड ट्रिप ‘जि ले जरा’ मा कैट्रिनाको जोडी विक्की ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडका सफल निर्देशक फरहान अख्तर लामो समयपछि निर्देशनमा कमव्याक गर्दैछन् । बलिउड अभिनेता शाहरुख खान अभिनित सिनेमा ‘डन २’ पछि अभिनयमा सक्रिय छन् । उनले त्यसपछि थुप्रै सिनेमामा अभिनय गरेपछि सोचे जस्तो सफलता हात पार्न सकेका छैनन् ।

अभिनयमा असफल भएपछि उनी पुन: निर्देशन मै फकर्ने निर्णयमा पुगरेका छन् । उनको कोरोना महामारीको दोस्रो चरणपछि रोड ट्रिप सिनेमा ‘जि ले जरा’ निर्माण घोषणा गरेका छन् । यो उनले निर्देशन गरेको सुपरहिट सिनेमा ‘जिन्दगी ना मिलेगा दोबारा’बाट प्रभावित छ । त्यो सिनेमा सिनेमामा तीन पुरुषको यात्राको कथा प्रस्तुत गरिएको थियो । भने, ‘जि ले जरा’ मा तीन महिला पात्रको यात्राको कथामा निर्माण हुनेछ ।

सिनेमाको मुख्य भुमिकामा उनले अभिनेत्री प्रियंका चोपडा, कैट्रिना कैफ र आलिया भट्टलाई साइन गरेका छन् । यो सिनेमामा फहरान आफै स्वंयम पनि मुख्य भुमिकामा देखिने तयारीमा छन् । भने, सिनेमामा अर्को मुख्य अभिनेताको लागि विक्की कौशललाई अफर गरेका छन् । बलिउड अभिनेत्री कट्रिना र विक्की केही समयअघि वैवाहिक जीवनमा बाँधिए । गुपचुप रुपमा केही वर्ष प्रेम गरेका यी दुईले विवाहको घोषणा गर्दा उनीहरुका फ्यान नै ‘सरप्राइज’ भए ।

जसको फाइदा जि ले जराको निर्माण टिमले समेत उठाउन खोजेको छ । यदी विक्कीले सिनेमाको अफर स्वीकार गरेको खण्डमा विक्की र कैट्रिना विवाह पश्चात पहिलो पटक स्क्रिन सेयर गर्नेछन् । विक्कीलाई सिनेमामा लिँदा यसको मिडियादेखि दर्शकसम्म हुनेछ जसको फाईदा सिनेमालाई हुने बुझाई निर्माण टिमको छ ।

हाल प्रि-प्रोडक्सनमा रहेको सिनेमाको कथा निर्देशक जोया अख्तर र रीमा कागतीले मिलेख लेखिरहेका छन् । सिनेमा यही वर्ष फ्लोरमा जानेछ ।