शिक्षा सदनको ब्रान्ड एम्बेसडरमा बेनिशा हमाल नियुक्त

शिक्षा सदनको ब्रान्ड एम्बेसडरमा बेनिशा हमाल नियुक्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शिक्षा सदनको ब्रान्ड एम्बेसडरमा अभिनेत्री बेनिशा हमाल नियुक्त भएकी छन् । पोखरामा हालै शिक्षा सदन एजुकेसन कन्सल्टेन्सी शाखा समेत सञ्चालनमा ल्याएको छ ।

यस कन्सल्टेन्सीको केन्द्रीय कार्यलय अस्ट्रेलिया र काठमाडौं पुतलीसडकमा पनि कार्यालय छ । पोखराको नयाँ शाखा सिद्धार्थचोक नजिक सुन्दरमार्गमा खोलिएको हो । उच्चशिक्षाका लागि अस्ट्रेलिया, बेलायत, क्यानडालगायत देश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायत सेवा सुविधा दिने उद्देश्यसहित पोखराका टीका भुर्तेलले गत वर्ष शिक्षा सदन एजुकेसन कन्सल्टेन्सी स्थापना गरेका हुन् ।

गत शुक्रबारदेखि सञ्चालनमा आएको शााखाद्वारा शनिबार औपचारिक कार्यक्रम आयोजना गरिएको थियो। संस्थाका प्रबन्ध निर्देशक भुर्तेल र अभिनेत्री हमालले सम्झौतापत्रमा हस्ताक्षर गरे । पोखरा शाखा सञ्चालनकै लागि अभिनेत्री हमाल पोखरा पुगेकी थिइन् ।

ब्रान्ड एम्बेसडर हमालले संस्थासँग जोडिन पाउँदा खुसी लागेको बताउँदै संस्थाको उन्नति र प्रगतिको कामना गरिन् । अभिनेत्री हमालको मुख्य भुमिका रहेको सिनेमा ‘प्रेमगञ्ज’ हाल पोस्टप्रोडक्सनमा छ । यस्तै, कन्सल्टेन्सीका प्रबन्ध निर्देशक भुर्तेल शैक्षिक परामर्शका क्षेत्रमा रहेका विकृति विसंगतिभन्दा अलग रहेर नयाँ तौरतरिकाले परामर्श दिने प्रतिबद्धता व्यक्त गरे ।