anmol jasita

अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’ टिजर रिलिज

अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’ टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित वर्षकै प्रतिक्षित सिनेमा ‘ए मेरो हजुर ४’ को टिजर रिलिज गरिएको छ । अघिल्लो हप्ता नै सार्वजनिक गर्ने तयारी गरिएको टिजर विभिन्न कारणले रोकिएको थियो । सार्वजनिक टिजरमा अनमोल र सुहानाबीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ ।

सिनेमाले यसअघि चैत २५ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । ‘’ मेरो हजुर ४’ ले चैत २५ को डेट छाड्दै बैशाख १ गते नयाँ वर्षलाई रिलिज तोकेको छ । यही मितिमा बलिउड सिनेमा ‘लाल सिंह चढ्ढा’ र कन्नड डव सिनेमा ‘केजिएफ २’ पनि रिलिज हुने चर्चा छ । तर, भारतमा बढिरहेको कोरोना महामारीका कारण ती सिनेमा उक्त मितिमा रिलिज नहुने सम्भावना बढेको छ । त्यसैले पनि ‘ए मेरो हजुर ४’को रिलिज मिति वितरक र निर्माण टिमले सल्लाहमा वैशाख १ गते तोकिएको हो ।

सुहाना इन्टरटेन्मेन्टको प्रस्तुती र सुनिल कुमार थापा प्रोडक्सनले निर्माण गरेको सिनेमालाई झरना थापाले निर्देशन गरेकी हुन् । सिनेमामा झरना स्वयंको कथा रहेको छ भने पटकथा र संवादमा उनलाई स्वं। छेतन गुरुङ, मन्दिप गौतम, बाबुराम दाहाल, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । सिनेमामा अभिनेता सलोन बस्नेतको पनि मुख्य भुमिका रहेको छ ।

सुनिल कुमार थापाले निर्माण गरेको सिनेमामा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन, बसन्त सापकोटा, प्रतिक पौडेल, कल्याण सिंह र आशिष अविरलको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र मित्र डि गुरुङको समपादन रहेको छ । सिनेमालाई गोविन्द शाही र केदार प्रसाद पराजुलीले काठमाडौं उपत्यका र मोफसलमा वितरणको जिम्मेवारी सम्हाल्ने छन् ।