कपिल शर्माको बायोपिक ‘फनकर’ निर्माण घोषणा

कपिल शर्माको बायोपिक ‘फनकर’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता तथा हास्यकलाकार कपिल शर्माको बायोपिक निर्माण हुने भएको छ । उनको बायोपिकलाई ‘फुक्रेरे’ सिरिजका निर्देशक मृगदीप सिंह लाम्बाले निर्देशन गर्नेछन् ।

सिनेमाको नाम ‘फनकर’ राखिएको बलिउड समिक्षक तथा ट्रेड एनालिस्ट तरण आर्दशले उल्लेख गरेका छन् । लाइका प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमाका प्रस्तुतकर्ता सुभाषकरन हुन् । यो सिनेमामा महावीर जैनको पनि लगानी रहनेछ ।

निर्देशक मुगदीप हाल सफल सिरिज ‘फुक्रेरे रिटर्न्स’को काममा व्यस्त छन् । यो सिनेमा पशचात उनले कपिल शर्माको बायोपिक निर्माण सुरु गर्नेछन् । सिनेमामा कपिल शर्माको भुमिकमा कसले अभिनय गर्ने भन्ने तय भैसकेको छैन् । कपिल अहिले सोनी टेलिभिजनमा ‘दि कपिल शर्मा शो  सञ्चालन गरिरेका छन् । भने उनले नेटफिलिक्समा समेत कमेडी कार्यक्रम सञ्चालन गर्दैछन् ।