anmol jasita

रुचाइयो ‘ए मेरो हजुर ४’को टिजर, अनमोल र सुहानाको केमेस्ट्रीलाई उम्दा प्रतिक्रिया

रुचाइयो ‘ए मेरो हजुर ४’को टिजर, अनमोल र सुहानाको केमेस्ट्रीलाई उम्दा प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार रिलिज गरिएको सिनेमा ‘ए मेरो हजुर ४’को टिजर दर्शकले रुचाएका छन् । हालसम्म सिनेमाको टिजरले तीन लाख ७६ हजार बढि दर्शकको साथ पाएको छ । भने, ३० हजार बढि लाइक्स र १६ बढि कमेन्ट मिलेको छन् ।

सिनेमाको सार्वजनिक टिजर हाल युट्युबको ४ नम्बर ट्रेन्डिङमा छन् । टिजरमा आएका अधिकांश प्रतिक्रियामा अभिनेता अनमोल केसी र सुहाना थापाको प्रशंसामा शब्द खर्चिएका छन् । अनमोल र सुहानाको केमेस्ट्री निकै जमेको प्रतिक्रिया दर्शकको छ । यस्तै, सिनेमाको टिजरमा समावेश शे-फोक्सुण्डो तालको सुन्दरताको पनि तारिफ गरिएको छ ।

सिनेमाका छायांकार सञ्जय लामाको खिचाई र मेकिङ्गलाई दर्शकले हलिउड सिनेमासँग तुलना गरेका छन् । जसको फाइदा सिनेमाको व्यापारलाई पुग्ने निश्चित छ । दर्शकले कोरोना महामारीका कारण सिनेमा समयमै हेर्न नपाइने पो होकी भन्ने चिन्ता समेत व्यक्त गरेका छन् । त्यस्ता कमेन्टले पनि सिनेमा दर्शकमाझ प्रतिक्षित रहेको प्रमाणित गरेको छ ।

बैशाख १ गतेबाट रिलिज हुने सिनेमा सुहाना इन्टरटेन्मेन्टको प्रस्तुती र सुनिल कुमार थापा प्रोडक्सनले निर्माण गरेको हो । सिनेमालाई झरना थापाले निर्देशन गरेकी हुन् । सिनेमामा झरना स्वयंको कथा रहेको छ भने पटकथा र संवादमा उनलाई स्वं। छेतन गुरुङ, मन्दिप गौतम, बाबुराम दाहाल, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । सिनेमामा अभिनेता सलोन बस्नेतको पनि मुख्य भुमिका रहेको छ ।

सुनिल कुमार थापाले निर्माण गरेको सिनेमामा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन, बसन्त सापकोटा, प्रतिक पौडेल, कल्याण सिंह र आशिष अविरलको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र मित्र डि गुरुङको समपादन रहेको छ । सिनेमालाई गोविन्द शाही र केदार प्रसाद पराजुलीले काठमाडौं उपत्यका र मोफसलमा वितरणको जिम्मेवारी सम्हाल्ने छन् ।