anmol jasita

पुष्पापछि हिन्दीमा अल्लु अर्जुनको ‘अला बैकुण्ठपुरमलो’

पुष्पापछि हिन्दीमा अल्लु अर्जुनको ‘अला बैकुण्ठपुरमलो’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सिनेमा ‘पुष्पा’ले हिन्दी बेल्टमा बम्पर व्यापार गरेपछि ‘अला बैकुन्ठपुरमलो’ पनि हिन्दी डबमा रिलिज हुने भएको छ । अल्लु अर्जुनको तीन वर्ष पुरानो सिनेमा हिन्दीमा डब भएर हलमा आउने भएको हो ।

दुई वर्ष अघि नै हलमा लागेर नेटफ्लिक्समा पनि रिलिज भैसकेको सिनेमा ‘अला बैकुण्ठपुरमलो’ अब हिन्दीमा डब भएर हलमा आउने लागेको हो । सिनेमा २६ जनवरीका दिन हलमा लाग्नेछ । त्रिविक्रम श्रीनिवासको निर्देशन रहेको सिनेमाले तेलगुको बजारबाट मात्र साढे २ करोड हाराहारीको व्यापार गरेको थियो ।

अल्लु अर्जुन र पूजा हेग्डेको सिनेमा त्यो वर्षको सर्वाधिक व्यापार गर्ने सिनेमा थियो । यसको रिमेक अधिकार लिएर रोहित धवनले सिनेमालाई हिन्दीमा समेत निर्माण गरिसकेका छन् । ‘शाहजादे’ नाम दिएको सिनेमामा कार्तिक आर्यन र कृती सेननले मुख्य भूमिकामा अभिनय गरिरहेका छन् ।

अल्लु अर्जुनको ‘पुष्पा’ पहिलोपल्ट हिन्दीमा डब गरेर रिलिज गरिएको थियो । तर यही हिन्दी डबले नै महामारीका बीच पनि कमाइको आँकडा ८३ करोड पुर्याएको छ । डबिङ खर्चबाहेक सिनेमामा हिन्दीमा ल्याउने थप एक पैसा खर्च गरिएको थिएन । ‘पुष्पा’ले यसरी कमाएको देखेपछि ‘अला बैकुण्ठपुरमलु’को हिन्दी अधिकार लिएका निर्माण कम्पनी गोल्ड माइन र एए फिल्मस्ले यसलाई रिलिज गर्न लागेका हुन् ।