कलाकारले रुचाए ‘चपली हाईट ३’, निर्देशक खड्काको तारिफ

कलाकारले रुचाए ‘चपली हाईट ३’, निर्देशक खड्काको तारिफ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल सरकारले कोरोना बढेपछि सोमबारबाट लागु हुने गरी सिनेमा हल बन्द गर्ने निर्णय गर्यो । सिनेमा हल बन्द भएपछि सवैभन्दा ठुलो मारमा प्रदर्शनरत सिनेमा ‘चपली हाईट ३’ पर्यो । अर्जुन कुमारले निर्माण गरेको सिनेमालाई निर्देशक खड्काले निर्देशन गरेका हुन् ।

शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा हेर्न कलाकार तथा सिनेमाकर्मी आइतबार हल पुगेका थिए । सिनेमा हेरेपछि कलाकारले निर्देशक खड्का र कलाकारको अभिनयको तारिफ गरेका छन् । अभिनेत्री केकी अधिकारी, पुजाशर्मा, पल शाह, वर्षा राउत लगायतले सिनेमा हेरका थिए ।

सिनेमाबाट तारिफ पाएपछि निर्देशक खड्काले सञ्चारकर्मी, सिनेमाकर्मी र दर्शकको प्रतिक्रियाले आफु उत्साहित भएको बताए । अहिलेसम्म आफुले निर्देशन गरेका तीन ओटै सिनेमा फरक फरक विधाका भएकाले आगमी दिनमा पनि भिन्न कथावस्तुमा उत्कृष्ट सिनेमा दर्शकमाझ ल्याउने बताए ।

सिनेमा हेरेका कलाकारले निर्देशक खड्कालाई भर्सटायल भन्दै चपली हाईटमा २ घण्टासम्म दर्शकलाई हलमा बाँधेर राखेको सिनेमा हेरुन्जेल कँही कतैपनि सस्पेन्स खुल्न नदिएर थ्रिलर महशुस गराएको भन्दै बधाईसहित खुशी व्यक्त गरे । निर्देशक खड्काबाट आगामी दिनमा अझै उत्कृष्ट सिनेमाको अपेक्षा रहेको कलाकारको भनाई थियो ।

अर्जुन कुमार प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट कँडेल, आमिर गौतम, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुस्मा निरौलाको मुख्य अभिनय छ ।

सिनेमामा पुरुषेत्तम प्रधानको छायांकन, सुवास भुषाल र अर्जुन कुमारको संगीत, उत्तम न्यौपानेको ब्यागराउण्ड स्कोर र दीर्घ खड्काको सम्पादन रहेको छ ।