मधुसुदनको लभस्टोरी सिनेमामा आर्यन अनुबन्धित

मधुसुदनको लभस्टोरी सिनेमामा आर्यन अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता आर्यन सिग्देल नयाँ सिनेमामा अनुबन्धित भएका छन् । सिनेमालाई निर्देशक मधुसुदन भट्टराईले निर्देशन गर्नेछन् । सोमबार दुबै पक्षबीच लिखित सहमति भएको छ । लभस्टोरी सिनेमाको शीर्षक चाँडै सार्वजनिक गरिने निर्देशक भट्टराईले जानकारी दिए ।

रोहित कट्टेलको लगानी रहने सिनेमामा अभिनेता आर्यन सिग्देदलाई लभरब्वाइको रुपमा हेर्न पाइने छ । म्युजिकल लभस्टोरी कथामा निर्माण हुने सिनेमाको छायांकन युरोप र नेपालमा गरिनेछ । आरआर फिल्मसको ब्यानरमा बन्ने सिनेमाको मुख्य अभिनेत्री छनोटको चरणमा छिन् । चाँडै अभिनेत्री सहित अन्य कलाकारको छनोट गरि सनर्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।

सबै कलाकार तय भएपछि आगामी बैशाखदेखि सिनेमा छायांकनको तयारी भएको निर्देशक भट्टराईले बताए । यो सिनेमा फ्लोरमा जानुअघि निर्देशक भट्टराई ‘हामी तीन भाइ’को छायांकन सम्पन्न गर्नेछन् । पहिलो लकडाउनपछि आर्यनले ‘डिसेम्बर फल्स’को छायांकन थालेका थिए । तर, अझै सिनेमाको केही प्रतिशत सुटिङ हुन बाँकी छ । सोही सिनेमा लगत्तै उनले कोरियोग्राफर कविराज गहतराजले निर्देशन गर्ने सिनेमा ‘मिरर’ साइन गरेका थिए ।

यद्यपी, भाइरस महामारीको जोखिमलाई कारण देखाउँदै सिनेमा अहिलेसम्म सुटिङमा गएको छैन । गहतराजले निर्देशन गर्ने सिनेमा ‘मिरर’पछि मात्र मधुसुधनको सिनेमा फ्लोरमा जाने तयारीमा छ । कोरोना महामारीकै समयमा अभिनेता सिग्देलले तीनवटा सिनेमामा अनुबन्धित भैसकेका छन् ।