‘म यस्तो गीत गाउँछु २’ रिलिज पुन: पोस्टपोन्ड

‘म यस्तो गीत गाउँछु २’ रिलिज पुन: पोस्टपोन्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुदर्शन थापा निर्देशनमा निर्माण भएको सिनेमा ‘म यस्तो गीत गाउँछु २ को रिलिज पुन: पोस्टपोन्ड गरिएको छ । कोरोनाको तेस्रो लहरका कारण सोमबारबाट लागु हुने गरि आगामी माघ १५ गतेसम्म नेपालले सिनेमा हल बन्द गरेपछि सिनेमाको रिलिज रोकिएको हो ।

‘म यस्तो गीत गाउँछु २’का निर्माता तथा निर्देशक थापाले विज्ञप्ति जारी गर्दै सिनेमाको प्रदर्शन स्थगित गरिएको जनाएका छन् । कोरोना महामारीको तेस्रो लहरका कारण सिनेमा रिलिज गर्ने अवस्था नरहेको भन्दै उनले प्रदर्शन मिति पछि सारिएको सार्वजनिक विज्ञप्तीमा उल्लेख गरेका छन् ।

केरोना महामारीअघि २०७६ फागुन ३० गतेलाई सिनेमाको प्रदर्शन मिति तय गरिएको थियो । तर, त्यसबेला कोरोना महामारी शुरु भएसँगै सिनेमाको प्रदर्शन स्थगित गरिएको थियो । त्यसपछि निर्माणपक्षले कोरोनाको दोस्रो लहरपछि माघ १९ गतेलाई प्रदर्शन मिति तय गरेको थियो ।

सांगीतिक प्रेम कथामा निर्माण गरिएको सिनेमामा पल शाह, पूजा शर्मा, दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।