मार्च १८ मा बक्सअफिसमा भिड्दै अक्षय, रनवीर र प्रभाष

मार्च १८ मा बक्सअफिसमा भिड्दै अक्षय, रनवीर र प्रभाष

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार अभिनित सिनेमा ‘बच्चन पाण्डे’को नयाँ रिलिज मिति केही दिनअघि मार्च १८ घोषणा गरियो । यो सिनेमा यसअघि मार्च ४ मा आउने पक्का थियो । तर, भारतमा बढ्दो कोरोनाको तेस्रो लहरको कारण सिनेमाको रिलिज दुई हप्ता पर धकलिएको छ ।

सिनेमाको रिलिज पोस्टपोन्ड भएसँगै ‘बच्चन पाण्डे’ अब बक्सअफिसमा यशराज फिल्मस्को ‘शमशेरा’सँग भिड्ने पक्का भएको छ । यो डेट पहिले नै ‘शमशेरा’ले बुक गरेका कारण सिनेमा कुनैपनि हालतमा पोस्टपोन्ड नहुने बलिउड मिडियाले जनाएका छन् । भारतमा होलीको अवसरमा दुई दिन विदा हुने भएकाले पनि यशराज फिल्मस्ले यो भन्दा राम्रो अर्को डेट नपाउने भएकाले सोही मितिमा ‘शमशेरा’ रिलिज गर्ने तयारी गरिरहेको छ ।

सिनेमामा रनवीरका अलवा संजय दत्त र वाणी कपुर लयायतका कलाकारको अभिनय रहेको छ । करण मल्होत्राको निर्देशन रहेको सिनेमालाई आदित्य चोपडाले निर्माण गरेका हुन् । यस्तै, यही मितिमा प्रभाष अभिनित ‘राधे श्याम’ पनि रिलिज हुने चर्चा छ ।

यसअघि जनवरी १४ मा रिलिज हुने भनिएको सिनेमा कोरोनाका कारण अनिश्चित कालका लागि पोस्टपोन्ड भएको थियो । बलिउड मिडियाका अनुसार अहिले ‘राधे श्याम’ निर्माण कम्पनिको आँखा पनि मार्च १८ होलीको डेटमा नै रहेको उल्लेख गरेका छन् । राधा कुष्ण कुमारको निर्देशन रहेको सिनेमामा पुजा हेग्डेको पनि मुख्य भुमिका रहेको छ ।

यदी ‘राधे श्याम र शमशेरा’ पनि सोही मितिमा रिलिज भएको खण्डमा बलिउडमा २०२२ कै सवैभन्दा ठुलो बक्सअफिस भिडिन्त हुनेछ । यसलाई तीन ठुला स्टार अक्षय कुमार, रनवीर कपुर र प्यान इन्डिया स्टार प्रभाषको स्टारडमको परिक्षण समेत हुने चर्चा बलिउडमा चल्न थालेको छ ।