anmol jasita

‘लप्पन छप्पन २’ घोषित मिति मै रिलिज हुन्छ : मुकुन्द भट्ट

‘लप्पन छप्पन २’ घोषित मिति मै रिलिज हुन्छ : मुकुन्द भट्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फागुन १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमा ‘लप्पन छप्पन २’ घोषित मिति मै रिलिज हुने भएको छ । निर्देशक मुकुन्द भट्टले सिनेमा टाइम्सको कुराकानीमा यदी नेपाल सरकारले सिनेमा हल नखोलेको अवस्था वाहेक सिनेमा रिलिज पोस्टपोन्ड नहुने बताए ।

कोरोनाको तेस्रो लहरमा सामान्य नभएर हल नखुलेको अवस्थामा मात्रै आफ्नो सिनेमा पोस्टपोन्ड हुने उनको दाबी छ । उनले अगाडी भने- ‘सरकारले नै हल खोल्न अनुमति दिएन भने नेपालमा सिनेमा रिलिजको लागि अर्को कुनै प्लेटर्फम नभएकाले आफुले पटक-पटक सिनेमाको रिलिज पोस्टपोन्ड गर्नु परेको र सकेसम्म अब सिनेमा घोषित मितिमै रिलिज गर्ने तयारीमा छौं हेरौं के हुन्छ, त्यो सरकारको निर्णयमा डिपेन्ड हुन्छ ।’

सिनेमामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता गिरी लगायतको मुख्य भूमिका छ । सिनेमामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व। दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतको अभिनय रहेको छ । सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर छन् ।

गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता खिलेन्द्रराज तिमसिना र निर्देशक मुकुद भट्ट हुन् । सिनेमाको पटकथा तथा संवादमा निर्देशक भट्टलाई सुनिल नेउरेले सघाएका छन् ।

यस्तै निर्देशक भट्टको निर्माण तथा निर्देशन रहने सिनेमा एक्स नाइनको छायंकन पनि केही समयको लागि पोस्टपोन्ड गरिएको छ । अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल, सुधांशु जोशी, अनुपविक्रम शाही लगायतका कलाकारको अभिनय रहने सिनेमाको फेब्रुअरीबाट छायांकन गर्ने तयारी थियो । तर सिनेमाको नेपालसँगै विदेशमा पनि छायांकन गरिने भएकाले पोस्टपोन्ड गरिएको निर्देशक भट्टले बताए ।

हाल कोरोनाको तेस्रो लहर बढेका कारण विभिन्न देशले छायांकन अनुमति नदिएको र सम्पुर्ण कलाकार टिमको भिसा प्रोसेसमा समेत टाइम लाग्ने भएकाले आफुने टिमलाई मेबाट सिनेमाको छायांकन गरिने जानकारी गराएको निर्देशक भट्टले बताएका छन् ।