‘थिरिमाली’ गीतबाट हटाइयो अदिति र जसिताको फोटो

‘थिरिमाली’ गीतबाट हटाइयो अदिति र जसिताको फोटो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार मल्यालम सिनेमा ‘थिरिमाली’मा समावेश आइटम गीत सार्वजनिक गरिएको थियो । नेपालमा छायांकन गरिएको सिनेमाको सार्वजनिक गीतमा अभिनेत्री स्वस्तिमा खड्कालाई फिचर्ड गरिएको थियो । सोही गीतको एक सिनमा अभिनेत्री जसिता गुरुङ र अदिती बुढाथोकीको फोटो पनि राखिएको थियो ।

अहिले सार्वजनिक गीतबाट उब्त दृश्य हटाई सकिएको छ । अभिनेत्री अदिति बुढाथोकीले आफ्नो अनुमति विना फोटो प्रयोग गरिएको भनेर आपत्ति जनाएपछि गीतबाट सो दृश्य हटाइएको हो । अभिनेत्री बुढाथोकीले समाजिक सञ्जालमा सिनेमाको गीतमा अनुमति विना प्रयोग गरिएको आफ्नो फोटो नहटाए कानुनी उपचारमा जाने उल्लेख गरेकी थिइन् ।

सिनेमामा नेपाली निर्माता सरोज न्यौपानेको पनि लगानी रहेको छ । उनले निर्माणले टिमले गुगलबाट फोटो प्रयोग गर्दा गल्ती भएको स्वीकार गरे । आगामी दिनमा यस्ता गल्ती नदोर्याउने भन्दै सिनेमाबाट उक्त दृश्य हटाइएको बताए । भारतमा पोस्ट प्रोडक्सनको क्रममा टिमबाट गल्ती भएको अहिले सल्लाह गरेर आफुले सो दुश्य हटाउन लगाएको निर्मात न्यौपानेले बताए ।

राजिव सेट्टीले निर्देशन गरेको सिनेमाको ४० प्रतिशत छायांकन नेपालमा गरिएको छ । सिनेमाको केहीदिन अघि सार्वजनिक गरिएको ट्रेलरले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको थियो । सिनेमामा नेपाली कलाकार स्वस्तिमाका अलवा माओत्से गुरुङको पनि अभिनय रहेको छ ।