टम क्रुज अभिनित ‘मिसन इम्पोसिबल’का सिरिजको रिलिज स्थगित

टम क्रुज अभिनित ‘मिसन इम्पोसिबल’का सिरिजको रिलिज स्थगित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हलिउडको प्रतिक्षित सिनेमा ‘मिसन इम्पोसिबल’का दुई सिरिजको रिलिज स्थगित गरिएको छ । हलिउड अभिनेता टम क्रुजले दुनियाँलाई खतराबाट बचाउन गर्ने संघर्षको कथा हेर्न अझै दुई वर्ष कुर्नपर्ने भएको हो । निर्माण कम्पनी प्यारामाउन्ट पिक्चर्सले दुवै शृंखला पूर्व निर्धारित समयमा प्रदर्शन नहुने घोषणा गरेको छ ।

जासुसी कथामा टम क्रुजलाई मुख्य भूमिकामा लिएर प्यारामाउन्टले दुई शृंखलाको एक साथ सुटिङ सकाएको थियो । त्योमध्ये ७ औँ शृंखला यही सालको सेप्टेम्बर ३० मा प्रदर्शनमा आउने घोषणा गरिएको थियो । तर अभिनेता टम क्रुजले सिनेमा सन् २०२३ को जुलाई १४ मा प्रदर्शन गर्ने बताएका छन् । यसैगरी आठौँ भाग भने सन् २०२४ को २८ जुनमा प्रदर्शन हुनेछ । यसअघि यो सिनेमा २०२३ को जुलाई ७ मा प्रदर्शन हुनेवाला थियो ।

पहिलो महामारीका बीच सिनेमाको छायांकन विश्वका विभिन्न देशमा गरिएको थियो । ‘मिसन इम्पोसिबल’का सिरिज सरे पनि दर्शकले यस वर्ष टम क्रुजलाई टप गनमा भने देख्न पाउनेछन् । हालसम्म यो सिनेमा मे २७ मा प्रदर्शन हुने घोषणा गरिएको छ । २०१९ को जुलाईमा रिलिज घोषणा गरिएको सिनेमा कोरोना महामारीका कारण सरेको थियो । सिनेमालाई पनि टम क्रुज र प्यारामाउन्ट मिलेर निर्माण गरेका हुन् ।