निरहुवाका दुई भोजपुरी सिनेमा शिल्पा पोखरेल अनुवन्धित

निरहुवाका दुई भोजपुरी सिनेमा शिल्पा पोखरेल अनुवन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय अभिनेत्री शिल्पा पोखरेल नेपाली र भोजपुरी सिनेमामा सक्रिय छिन् । उनले एक दर्जन नेपाली सिनेमा दुई भोजपुरी सिनेमा ‘प्रेमगीत २ र जय शम्भु’ मा अभिनय गरिसकेकी छन् । यी दुवै सिनेमामा उनले भोजपुरी अभिनेता प्रदीप पाण्डे (चिन्टु) सँग अनस्क्रिन रोमान्स गरेकी छन् ।

यस्तै अभिनेत्री पोखरेल हालै दुई ठुला भोजपुरी सिनेमामा अनुबन्धित भएकी छन् । उनि निर्देशक सोनु खत्रीले निर्देशन गर्ने ‘निरहुआ चलल लण्डन २ र हनुमान की गली’मा मुख्य अभिनेत्रीको रुपमा फाइनल भएकी हुन् । रञ्जित सिंहको निर्माण रहने ‘निरहुआ चलल लण्डन २’मा शिल्पासँगै भोजपुरी सुपरस्टार दिनेशलाल यादव (निरहुआ) मुख्य भूमिकामा रहनेछन ।

कुन्दन दुवेले डेब्यु गर्ने यस सिनेमामा आम्रपाली दुवे, देव सिंह, अनुप अरोरा, अशी तिवारीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यता ‘हनुमान की गली’मा ‘निरहुआ चलल लण्डन २’ कै कास्ट एण्ड क्रु हुनेछन । यो सिनेमामा पनि शिल्पा र दिनेशलाल नै मुख्य भूमिका निर्वाह गर्नेछन् ।