anmol jasita

पर्वतबाट सुरु भयो ‘ह्यारी कि प्यारी’को छायांकन

पर्वतबाट सुरु भयो ‘ह्यारी कि प्यारी’को छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपालको अभिनय रहने कमेडी सिनेमा ‘ह्यारी कि प्यारी’को छायांकन सुरु भएको छ । निर्माण टिमले कोरोना प्रोटोकलको पालना गर्दै सिनेमाको पर्वतबाट छायाकंन थालेको हो ।

भूक देउराली गाउँबाट सुरु भएको छायांकन दुई महिना चल्ने अभिनेता नेपालले बताए । सोमबार मुहूर्तसहित सिनेमा सुटिङ गरिएको थियो । पर्वतपछि पोखरा र काठमाडौंमा समेत छायांकन सुरु हुने सिनेमालाई सिचुएसनल कमेडी जानरामा निर्माण गर्न लागिएको हो । कपिल रिजालको डेब्यु निर्देशन रहेको सिनेमालाई सुदीप बरालले छायांकन गरिरहेका छन् ।

सिनेमाको छायांकनमा सहभागी हुन अभिनेत्री शाह यसैसाता पर्वत जाने भएकी छिन् । कमेडी विधाबाटै स्थापित अभिनेता जितुका लागि यो त्यसकै निरन्तरता भएपनि साम्राज्ञीको लागि भने यो पहिलो कमेडी जानराको सिनेमा हो । ‘सिनेमालाई लिएर म उत्साहित छु र रोल मेरा लागि एक किसिमले चुनौतिपूर्ण पनि छ’ साम्राज्ञीले भनिन्, ‘दर्शकले मलाई नयाँ भूमिकामा देख्न सक्नुहुनेछ ।’

सिनेमामा साम्राज्ञी जितुको प्रेमिकाको भूमिकामा देखिने छिन् । सिनेमामा साम्राज्ञी र जितुका अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, डिल्ली खनालको समेत मुख्य भूमिका छ । सिनेमाको लागि साम्राज्ञीले आजसम्मकै महंगो पारिश्रमिक समेत बुझेको चर्चा छ ।