राजकुमार र भूमी अभिनित ‘बधाई दो’को ट्रेलर सार्वजनिक

राजकुमार र भूमी अभिनित ‘बधाई दो’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता राजकुमार राव र भूमी पेड्नेकर अभिनित सिनेमा ‘बधाई दो’को ट्रेलर सार्वजनिक गरिएको छ । भारतमा बढेको कोरोनाको तेस्रो लहरका कार सिनेमाको रिलिज अन्यौल भैरहेको समयरमा निर्माण कम्पनिले सिनेमाको ट्रेलर रिलिज गर्दै रिलिज घोषणा गरेको हो ।

यो सिनेमा यसअघि फेब्रुअरी ४ बाट रिलिज हुने तयारमा थियो । अब सिनेमाको रिलिज एक हप्ता पछि सकेको छ । ‘बधाई दो’ अब फेब्रुअरी ११ अर्थात भ्यालेनटाइन्स डेको अवसरमा रिलिज हुनेछ । पहिले यो मितिमा आमिर खानको मुख्य भुमिका रहने सिनेमा ‘लाल सिंह चढ्ढा’ रिलिज हुनेवाला थियो । तर सिनेमा अप्रिल १४ मा पुगेसी ‘बधाई दो’ सोही मितिमा रिलिज हुन लागेको हो ।

सिनेमाले समलिङ्गी प्रेमकथालाई उठाएको छ । सिनेमामा अभिनेत्री भूमी पेड्नेकरले समलिङ्गी महिलाको भुमिका निवार्ह गरेकी छन् । सिनेमामा पुलिस अफिसरको भूमीकामा देखिएका राजकुमार भूमीको प्रेमीको रुपमा देखिएका छन् । जंगली पिक्चर्सले निर्माण गरेको सिनेमालाई हर्षवर्धन कुल्कर्णीले निर्देशन गरेका हुन् ।

सिनेमामा राजकुमार र भूमीका अलवा सिमा पौवा, शिवा चढ्ढा, लभ्लीन मिश्रा, नितेश पाण्डे, दिपक अरोरा लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमा २०१९ मा प्रदर्शनमा आएको आयुष्मान खुराना र सान्या मल्होत्रा अभिनित सुपरहिटसिनेमा ‘बधाई हो’को सिक्वेल हो ।