anmol jasita

‘मिस्टर एण्ड मिसेस माही’ मा क्रिकेटर जान्हवी

‘मिस्टर एण्ड मिसेस माही’ मा क्रिकेटर जान्हवी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सिनेमा ‘मिस्टर एण्ड मिसेस माही’को घोषणा गत नोभेम्बरमा गरिएको थियो । सिनेमाको घोषणा भएसँगै क्रिकेटमा आधारित सिनेमाबारे दर्शकहरुको निकै चासो थियो ।

यसैबिच सिनेमाको छायाङ्कन सेटको फोटोहरु सार्वजनिक भएका छन् । अभिनेत्री जान्हवी कपुरले सिनेमाको प्रिप्रोडक्सन सेटका केही तस्विरहरु इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छिन् । जसमा जान्हवीलाई क्रिकेट ड्रेस र हेलमेट लगाएको देख्न सकिन्छ । साथमा क्रिकेटर दिनेश कार्तिकले प्रशिक्षण दिइरहेका छन् । क्रिकेट क्याम्पमा उनी क्रिकेटको कडा प्रशिक्षण लिइरहेको देखिन्छ ।

सिनेमामा जान्हवीका अलवा अभिनेता राजकुमार रावको समेत मुख्य भूमिका रहेको छ । यस सिनेमामा राजकुमारसँग जान्हवीको दोस्रो सहकार्य हो । यसअघि उनीहरु हरर कमेडी जनराको सिनेमा ‘रूही’ मा देखिएका थिए ।निखिल मल्होत्रा र शरण शर्माको लेखन रहेको सिनेमालाई धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुँदैछ । शरण शर्माको निर्देशन रहेको सिनेमा ७ अक्टोबर २०२२ मा हलमा रिलिज हुनेछ ।