फेब्रुअरी २५ मा आलियाको ‘गंगुबाई काठियावाडी’ रिलिज घोषणा

फेब्रुअरी २५ मा आलियाको ‘गंगुबाई काठियावाडी’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडको प्रतिक्षित सिनेमा ‘गंगुबाई काठियावाडी’ले नयाँ रिलिज मिति घोषणा गरेको छ । यसअघि १८ फेब्रुअरीमा रिलिज हुने भनिएको सिनेमा अब २५ फेब्रुअरीमा रिलिज हुनेछ ।

यो मितिमा यशराज ब्यानरको ‘जयशभाई जोडदार’ले पनि आफ्नो रिलिज घोषणा गरेको थियो । तर अब यो सिनेमा सोही मिति रिलिज नहुने पक्का जस्तै छ । सोही कारण निर्देशक तथा निर्माता संजय लिला भन्सालीले फ्रेब्रुअरी २५ मा सिनेमा रिलिज गर्ने निर्णय गरेको बलिउड मिडियाले उल्लेख गरेका छन् ।

सञ्जयलीला भन्सालीको निर्माण तथा निर्देशन रहेको सिनेमामा आलिया भट्टको मुख्य भूमिका रहेको छ । अजय देवगनसमेत रहेको सिनेमाले भारतको स्वतन्त्रताअघि काठियावाडीमा वेश्यालय सञ्चालन गर्ने गंगुबाईको कथा भन्छ । भन्सालीको यो सिनेमा वास्तविक चरित्रमा आधारित छ ।

नेपालमा अहिलेसम्म यो मितिमा ‘लप्पन छप्पन २’ प्रदर्शन घोषणा गरेको छ । तर सरकारले सिनेमा हल बन्द गरेकाले खोल्ने नखोल्ने निश्चित छैन् । हल खुलेको अवस्थामा ‘लप्पन छप्पन २’ सोही मितिमा रिलिज गर्ने निर्देशक मुकुन्द भट्टले बताइसकेका छन् । यसअघि यही मितिमा आउने घोषणा गरेको ‘प्रेमगीत ३’ले रिलिज स्थगित गरिसकेको छ ।